Connect with us
Kapilvast Forest

शिवराज नगर उप–प्रमुख थारुद्धारा कृषकहरुको अनुगमन

२०७६, ७ पुष सोमबारमा प्रकाशित

 

राम अवतार चौधरी,कपिलवस्तु, ७ पुस :

कपिलवस्तुको शिवराज नगरपालिका अन्र्तगत साना सिचाँई कार्यक्रममा छनौट भएका कृषकहरुको सोमबार अनुगमन गरिएको छ । शिवराज नगर उप–प्रमुख शिवकुमारी थारुको संयोकत्वमा जिल्लाको शिवराज नगरपालिका वडा नं.३ को आइतबार अनृुगमन गरिएको हो ।

पाहुँच हुने कृषकले मात्र नगरपालिकाको सुविधा लिएको नागरिकहरुको जनगुनासो बढ्दै गएपछि माग गरेको निवेदक वास्तविक किसान हो, होइन् भन्ने यकिन गर्न नगरपालिकाले अनुगमन गरेर मात्र अनुदानमा माग गरिएको सामाग्री पम्पसेट, मोटर र बोरीङ्ग उपलब्ध गराउने भएको हो ।

साना सिचाँई अन्र्तगत गत बर्ष कृषि सामाग्री पम्पसेट, मोटर र बोरीङ्ग माग भएका निवेदन अनुसार छानौटमा परेका देवीराम भुसाल, यामला भुसाल, मनिकला पराजुली, राम लाल काफ्ले, कर्नि देवी, कृष्ण गिरी र चिनकन यादव गरि (गाउँ नयाँबस्ती, बसन्तपुर, खरेन्द्रपुर, मदवा) ७ जना कृषकहरुको खेतबारीमै गएर अनुमन गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द चौधरीले जानकारी दिए ।

त्यसैगरी वडा अध्यक्ष सापकोटाले आफ्नो वडामा अनुगमन भएकाले यसबाट किसानहरु जागुरुक भएर कृषि पेशालाई अंगाल्नुका साथै किसानहरु आत्मानिर्भर हुने उनले जनाए ।

शिवराज नगर उप–प्रमुख शिव कुमारी थारुको संयोजकतत्व, शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द चौधरी, वडा नं.३ का वडा अध्यक्ष टेकलाल सापकोटा, वडा नं.१ का वडा अध्यक्ष जगत बहादुर घर्ती सहितको टोलीले अनुगमन गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu