Connect with us
Kapilvast Forest

वडा सदस्यले नै लगाए वडा कार्यालयमा ताला

२०७६, ८ पुष मंगलवारमा प्रकाशित

खोटाङ– खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडा सदस्यले नै वडा कार्यालयमा ताला लगाएका छन् ।वडाध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाउँदै वडा सदस्य जयकुमार तामाङले सोमबार वडा कार्यालयमा ताला लगाएका हुन्। वडाध्यक्ष सन्तबीर तामाङले सुरुका वर्षदेखि नै एकलौटी योजना छनौट गर्ने गरेको, उपभोक्ता समिति आफुखुसी गठन गर्ने गरेको, आफ्नो अनूकुल मात्र काम गरेर भूमीका विहिन पारिएको भन्दै वडासदस्य जयकुमारले वडा कार्यालयमा ताला लगाएका हुन्।

वडाध्यक्षले वडाका सदस्यसँग परामर्श नै नगरी आफुखुसी गर्ने गरेकाले विज्ञाप्ती निकालेर कार्यालयमा ताला लगाउनु परेको वडसदस्य जयकुमारले बताए ।

‘हामी निर्वाचित भएदेखि नै वडाध्यक्षले एकलौटी गर्नुभयो । उहाँ पोजिटिभ हुनुभएन । यसपल्ट पनि हामीलाई योजना छनौट प्रकृयामा सहभागी गराइएन, उहाँ आफैले एकैचोटी गाउँसभामा योजना पास गराउनु भयो,’ जयकुमारले भने, ‘हामीले विमती राख्यौँ तर बहुमतको नाममा योजना पारित गराउनुभयो। जनताबाटै असन्तुष्टीका आवाज आएकाले ताला लगाउनुपर्ने अवस्थामा पुगेको हुँ।’

बाकाचोलका वडाध्यक्ष सन्तबीर र वडा कार्यालयमा ताला लगाउने जयकुमार कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। उनले सबै वडा सदस्यसँगको सल्लाहमा ताला लगाएको बताए। वडा सदस्य जयकुमारले यसपल्टको योजनाको उपभोक्ता समिति पनि वडाध्यक्षले एकलौटी गठन गरेको आरोप लगाए। ‘यसपल्ट उपभोक्ता समिति गठन गरेको हामीलाई थाहै छैन। गाउँपालिकामा पुग्दा सम्झौता गर्न पुगेको समितिसँग भेट भएपछि मात्र पो थाहा पाएँ,’ उनले भने, ‘हामी पनि जनताबाट अनुमोतिद हौँ। सहमतीमा काम गर्नुपर्छ भन्ने हाम्रो माग हो।’

वडाध्यक्ष सन्तबीरले भने जिम्मेवारी माग्ने नाममा वडाकार्यालयमा ताला लगाइएको बताए। ‘जिम्मेवारी चाहियो भन्नुहुन्छ, मैले उहाँलाई के जिम्मेवारी दिने,’ उनले भने, ‘वडाबाट छानिएकै योजनालाई गाउँसभाबाट पास गरिएको छ । विधि अपनाएरै उपभोक्ता समिति गठन गरिएको छ ।’ कर्मचारीले कार्यालय बन्द गर्न लाग्दा ताल्चा लगाइएको र साँझमा खुलाइएको वडाध्यक्ष तामाङले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu