जिल्ला अदालत रुपन्देहिका २ जना सुब्बा घुस सहित रंगेहात पक्राउ
नरेश के सी लुम्बिनी , ८ पुस : अख्तियार दुरुपयाेग अनुसन्धान अायाेग बुटवलकाे टाेलिले जिल्ला अदालत रुपन्देहीका दुई जना कर्मचारिलाई घुस रकम सहित पक्राउ गरेकाे छ । अख्तियारले जिल्ला अदालत रुपन्देहीका लेखापाल विनोद शर्मा र नासु बुद्धिप्रकाश न्यौपानेलाई घुसकाे रकम सहित पक्राउ गरेकाे अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले बताउनुभयाे । भुसालले भन्नुभयाे ” एकजना सेवाग्राहिसंग धराैटि बापत राखेकाे रकम फिर्ता गराईदिन सहजिकरण गरिदिने भन्दै घुस रकम लिदै गरेकाे अवस्थामा पक्राउ गरेकाे हाे । ”