आठ बर्षिय आशा थारुले भनिन् स्कुल नजिकै रहेको मदिरा पसल कहीले बन्द हुन्छ ?
- सनिउल्ला धोबी,
कपिलवस्तु पुष ९, आठ बर्षिय आसा थारुले भनिन् स्कुल नजिकै विक्री हुने मदिरा कहीले बन्द हुन्छ । यो प्रश्नाले शिजराज नगरपालिका वडा नं ३ बलुहवाका स्थानियलाई अकामक्का परिदियो । सबैले आसा तर्फ हेर्ना थाले आसाले नहिचकिचाई यस्तो प्रश्ना गरेपछी एक छिन सन्नाटा छायो । केही मिनेट पछी वडा सदस्य श्यामलाल थारुले भने यदी स्कुल नजिकै यस्तो भएको छ भने म भोली नै बन्द गराउने तर्फ लग्छु । विद्यालय हाम्रो शान्ती क्षेत्र हो । सकारात्मक प्रश्नाको लागि आशालाई धन्याबाद ।
फेरी बलुहवाकी रोशनी थारुले हाम्रो गाँउमा लागु औषध, चुरोट, मदिरा नियन्त्रण कसरी गर्न सकिन्छ भनेर प्रश्ना गरीन । त्यहा रहेका वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायव निरिक्षक लोक बहादुर सिंहले लागु औषध नियान्त्रणका लागि प्रहरीले विभिन्न अभियान संचालन सुरु गरेको बताउदै यदी कही कसैले यस्तो गलत कार्य गरेको पाइए कार्वाही हुने बताउनु भयो ।

यो सब प्रश्ना र जवाफ शिवराज ३ बलुहवामा आयोजित मास मिडिया कार्यक्रममा भैरहेको थियो । करिब २ घण्टा चलेको मास मिडिया कार्यक्रममा आठ बर्षिय आसा थारुले भनिन् स्कुल नजिकै विक्री हुने मदिरा कहीले बन्द हुन्छ भन्दा बढी प्रश्ना आएका थिए । ति सबै प्रश्ना बलुहवा गाउ विकास, शिक्षा, स्वास्थ्य, लागु औषध ओसरपोसर लगायतको रहेको थियो ।
स्ट्रोम फाउण्डेशन, किर्डाक नेपालको सहयोग, शिवराज नगरपालिका वडा नं ३ को समन्वय र देविस्थान किशोरी सम्बाद केन्द्र, हरियाली किशोरी सम्बाद केन्द्र र जागृती किशोरी सवांद केन्द्रको सयुक्त अयोजनामा कार्यक्रम आयोजना गरिएको सहजकर्ता इन्दु चौधरीले जानकारी दिनुभयो ।
हरियाली किशोरी संवाद केन्द्रको सवांद सहयोगी समितिको अध्यक्ष शोभा रिमालको अध्यक्षतामा भएको कार्यक्रममा शिवराज नगरपालिका वडा नं ३ का वडा सदस्य श्यामलाल थारुको प्रमुख अतिथ्यिता रहेको थियो ।
विशिष्ट अतिथिमा वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक लोक बहादुर सिंह, अतिथीहरुमा किर्डाक नेपालका कार्यक्रम संयोजक श्री बहादुर भण्डारी, सहजकर्ता विनोद केवट, सहजकर्ता इन्दु चौधरी, शिक्षक विश्वराम थारु, हरियाली स्वालम्बन समुहको कोषाध्यक्ष डालु गिरी, देविथान स्वालम्बन समुहको सदस्य संगीता चौधरी, समाजसेवी मुक्तीरानी थारु, एमिनेटर आरती थारु लगायत रहनु भएको थियो । सो कार्यक्रममा एक सय भन्दा बढीको सहभागीता रहेको थियो ।