Connect with us
Kapilvast Forest

राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न

२०७६, ९ पुष बुधबारमा प्रकाशित

 

९ पुष ,काठमाडौँ : आगामी माघ ९ गते हुने राष्ट्रिसभा सदस्यको निर्वाचनमा भाग लिने दलले चुनाव चिह्न पाएका छन्। मंगलबार निर्वाचन आयोगले निर्वाचनमा भाग लिने ११ दललाई चुनाव चिह्न प्रदान गरेको हो।

आयोेगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्य, नेपाली काँग्रेस रुख, समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिह्न प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) हलो, राष्ट्रिय जनमोर्चा गिलास, नेपाल मजदुर किसान पार्टी मादल, नेपाल सङ्घीय समाजवादी पार्टी बस, नेपाली जनता दलले गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी ट्र्याक्टर निर्वाचन चिह्न प्राप्त गरेका आयोगले जनाएको छ ।

यसैबीच आयोगले उक्त निर्वाचनको सन्दर्भमा सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ।५९ जना सदस्य रहेको राष्ट्रियसभामा १९ सदस्यको फागुन २० गतेदेखि पदावधि सकिँदैछ। कानुनी व्यवस्था अनुसार पदावधि सकिनु ३५ दिन अघि नै निर्वाचनको तयारी गरिसक्नुपर्ने व्यवस्था रहेको छ।

फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ९, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना रहेका छन्।कार्यकाल सकिनेमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको दुई वर्षे पदावधि सकिँदैछ।अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा. युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu