Connect with us
Kapilvast Forest

बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने तयारी

२०७६, १० पुष बिहीबारमा प्रकाशित

karnali parrdes

पुस १०,बर्दिया -बाँके (बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न नेपालगञ्जमा समिति गठन गरिएको छ।प्रदेश ५ को अस्थायी राजधानी बुटवल भएपछि बाँके कर्णाली प्रदेशमा गाभिनुपर्ने आवाज चर्को रुपमा उठेको थियो।

बाँकेले स्थायी राजधानी सकेसम्म बाँके नभएपनि दाङसम्म हुनु पर्ने माग राख्दै आएको छ ।बुधबार बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न बाँकेका सत्ताधारी र प्रतिपक्षी दलका प्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायीलगायत सम्मिलित १७ सदस्यीय समन्वय तयारी समिति गठन गरिएको हो।

समितिमा मेयर डा. राणा, उपमेयर उमा थापा, नेकपाका नेता रत्न खत्री, कांग्रेसका सुधांशु कोइराला, राप्रपाका ऋषि देवकोटा, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, वारका अध्यक्ष विकास आचार्य, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, पूर्व केन्द्रीय सदस्य झलक गैरे, होटल व्यवसायी बाँकेका अध्यक्ष भीम कँडेल, वडाध्यक्षहरु प्रमोद रिजाल, सुनिलसिंह हमाल, सफिक बेहना, नेताहरु निजामुद्दिन सिद्धिकी, कौशल धोवी, विनोद कर्ण र अशोक श्रेष्ठ रहेका छन्।

गठित समितिले यसको नेतृत्व नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा। धवल शम्शेर राणाले गर्ने निर्यणय गरेको छ। समितिले पहिलो चरणमा बाँके र बर्दिया जिल्लाका राजनीतिक दलका नेतृत्व र जनप्रतिनिधिहरुसँग दुई जिल्लालाई कर्णाली प्रदेशमा गाभ्ने विषयमा बृहत छलफल गरेर सुझाव संकलन गर्ने र त्यसपछि मात्र निर्णय हुने उहाँले बताउनुभयो ।

राणाले एक वर्षदेखि नेपालगञ्जलाई राजधानी नबनाए कर्णाली प्रदेशमा गाभ्ने आन्दोलनको नेतृत्व आपूmले गर्ने बताउँदै आउनुभएको छ।गठित समितिमा सबै दल, नागरिक समाजका प्रतिनिधि समावेश गरिएका छन्। राजनीतिक दल र स्थानीय सरकार प्रमुख र उपप्रमुखसँगको छलफलपछि आन्दोलनको स्वरुप तय हुने नेकपा बाँकेका सदस्य रत्न खत्रीले जानकारी दिनुभयो।

बाँके र बर्दियाका पालिकालाई अगाडि सार्ने, नेताहरुलाई एकताबद्ध गराउने, उद्योगी, व्यापारी, युवा विद्यार्थी, नागरिक समाजलाई अगाडि ल्याउने रणनीति बनाइएको छ। बैठकमा उपस्थित नेताहरुले आ–आफ्नो पार्टीबाट निर्णय गराएर अघि बढ्ने प्रतिबद्धता गरेका छन्। न्युज अफ नेपाल  बाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu