Connect with us
Kapilvast Forest

‘’वाकिटकी’ देखाएर प्रहरी हूँ’ भन्दै धम्क्याउने पक्राउ

२०७६, १० पुष बिहीबारमा प्रकाशित

 

काठमाडौं ।
‘प्रहरी हूँ’ भन्दै वाकिटकी  देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।उहाँका अनुसार उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुर्व्यवहार गरी भाग्न खोजेका थिए । उनको साथबाट प्रहरीले एक थान ह्याण्डसेट (वाकिटकी) बरामद गरेको छ ।
अनुसन्धानका क्रममा उनले सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj