चन्द्रौटा डन्स आइडलको पहिलो अडिसन पुस १३ मा
कपिलवस्तु ,अर्जुन बेल्बासे ।छैठौं चन्द्रौटा महोत्सवको डन्स आइडलको प्रथम अडिसन यहि पुष १३ गते आइतबार दिउँसो २ बजे हुने भएको छ । कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका नाराका साथ शिवराज नगरपालिकालाइ औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्ने तथा सास्कृतिक सम्पदाहरुको जर्गेना गर्ने मुख्य उदेश्यले आयोजित महोत्सवमा हरेक मेलम महोत्सवमाको आर्कषको रुपमा लिइने तथा दर्शकको मन जित्ने र चाखलाग्दो आकर्षक कार्यक्रमरुपमा लिएको छैठौं चन्द्रौटा डान्स आइडल डान्स आइडलको पहिलो अडिसन यहि पौस १३ दिउसो २ बजे हुने आइडल सम्योजक सुमन पौडेलले जानकारी दिए ।
अडिसनमा भाग लिन जिल्लाका बिभिन्न स्थानबाट अडिसन आवेदन फर्म भरेका छन् । स्थानीय स्ततरमा लुकेर रहेका नृत्य प्रतिभाहरुलई माथि उठाउन आइडल आयोजना गरिएको हो । पहिलो अडिसन बाट छनौट भएका प्रतिशप्रधिहरु चन्द्रौटा डान्सको प्रतिशप्रधाको मैदानमा उत्रिने आइडल सम्योजक सुमन पौडेलले जानकारी दिए । छैठौं चन्द्रौटा डान्स आइडलको प्रथम पुरस्कार रु ५०हजार एक सय एघार दोस्रो पुरस्कार रु.३०एक सय एघारर सन्त्वना पुरस्कार २ जनालाई रु १०,एक सय एघार /१०,हजार एक सय एघार रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको ।चन्द्रौटा डान्स आइडलमा निर्णायक को भुमिका डान्सर तथा मोडल निर्देशक शुमन पौडेल तथा नित्य निर्देशिका वविता धितालका भुमिका रहने आयोजकले जानकारी गराएको छ ।
पौष १४ गते देखि २६ गते सम्म संचालन हुने छैठौं चन्द्रौटा महोत्सवको समुदघाटन उधोग बाणिज्य माहासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुहुने भएको छ ।ग्लोबल आइ एम इ बैंकका अध्यक्ष समेत रहेका ढकालले मेलाको उदघाटन गर्नु हुने मेला मुल आयोजक समितिले बताइएको छ ।चन्द्रौटा उद्योग वाणिज्य संघ द्धरा आयोजित चन्द्रौटा महोत्सवको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
। महोत्सवको दिनआउन अव मात्रै चार दिन मात्रै रहिरहदा आयोजकले महोत्सव सफल बनाउन आयोजकले कामहरु तिव्र रुपमा गरिरहेको छ ।महोत्सवका विषयगत समिति गठन गरि कार्य प्रगति र आगामी योजनाबारे छलफल गरिएको छ भने बाँकी कामलाई यथाशिघ्र सम्पन्न गर्ने योजना निर्माण गरिएको मुलआयोजक समितिलिे बतायो ।
महोत्सवमा स्थानीय उत्पादन र बजारलाई प्रमुख ग्राहयता दिने आयोजकले जनाएको छ । विभिन्न निकायसंग समन्वय र सहकार्य, प्रचार प्रसारका तयारीका कामहरु भईरहेको र स्टलहरु बुकिङ पनि अन्तिम चरण्मा पुगिसकेकोे मुलआयोज समितिका संयोजक जमसेर अलिमियाले बताए । महोत्सवमा २ सय विभिन्न्न स्टलहरु रहने संयोजक मियाले बताए ।
कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ शिवराज नगरपालिकालाइ औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्ने तथा सास्कृतिक सम्पदाहरुको जर्गेना गर्ने मुख्य उदेश्यले आयोजित महोत्सवको प्रचार प्रसार तिव्र पारीएको पे्रस संयोजक कृष्ण गैरेले बताए।महोत्सवमा नेपाली चलचित्र जगतका नायक राजेश हमाल सहित राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुको उपस्थितीले महोत्सवकोे रौनतकता छाउने छ ।