कांग्रेस केन्द्रीय समिति किचलो कायमै
काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।बिहीबार जनता समाचार डटकम मा जंगलमा कुहिँदै बहुमूल्य लोपोन्मुख झ्याउ, बैंकिङ क्षेत्रमा हड्ताल नगर्न अन्तरिम आदेश, ‘एक विद्यालय एक नर्स’, ७७ वर्षीया वृद्वा बलात्कार गर्ने पक्राउ, नेपालमा बढ्दैछ पुरुष यौन हिंसा, वडाध्यक्षले नै गरे गाउँपालिकामा तालाबन्दी, छोराको जन्मदर्ता सौताको नाममा, आमा प्रमाणित गर्न हारगुहार र पूर्व सचिव शान्तबहादुर श्रेष्ठको निमोनियाले निधन लगायतका समाचार प्रकाशन गरिए
नागरिक दैनिकमा ‘असन्तुष्टलाई नकुर्ने कांग्रेस संस्थापनको रणनीति’ शीर्षकमा प्रमुख समाचार प्रकाशन गरिएको छ । समाचारमा लेखिए अनुसार नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि संस्थापन पक्ष आफ्नै हिसाबले अघि बढ्ने रणनीतिमा पुगेको छ । सहमतिका लागि बिहीबार साँझ पार्टी उपसभापति विमलेन्द्र निधि र असन्तुष्ट पक्षबाट पूर्व महामनत्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीच भएको छलफल टुंगोमा पुग्न नसकेपछि संस्थापन पक्ष शुक्रबार केन्द्रीय समितिको बैठक सञ्चालन गर्ने तयारीमा पुगेको छ ।
सहमतिका लागि भन्दै केन्द्रीय समितिको बैठक स्थगित गर्दै आएको संस्थापन पक्ष शुक्रबार बिहानसम्म सहमति जुट्न नसके असन्तुष्ट पक्षलाई नकुर्ने रणनीतिमा पुगेको समाचारमा लेखिएको छ । संस्थापन पक्षका एक नेताले असहमतिका नाममा पार्टीलाई अनिर्णयको बन्दी बनाउने अधिकार पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति निधिलाई नभएको भन्दै अब जे हुन्छ बैठकमै हुने बताएको पत्रिकामा उल्लेख छ ।
कान्तिपुर दैनिकले सभामुखबारे नेकपा अनिर्णीत शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचार अनुसार नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको सभामुख प्रक्रिया केही दिन धकेलिने भएको छ । गत ४ गते बसेको प्रतिनिधिसभाको बैठकको कार्यतालिका शुक्रबार आज बस्ने तय गरिएपनि आफ्नो उम्मेदार कसलाई बनाउने भन्नेबारे नेकपामा सहमति बन्न नसकेकाले संसद बैठक सूचना टाँसेर स्थागित गर्ने तयारीमा संसद सचिवालय रहेको समाचारमा जनाइएको छ ।
कान्तिपुरले ‘फर्किन खोजेको मुस्कान’ र ‘महलमा चिनियाँ अखडा’ लगायतका शीर्षकमा समेत प्रमुख समाचार प्रकाशित गरेको छ ।
आजको कारोबार दैनिकले ‘३ लाख रोजगारीका लागि स्थानीय तहमा ५ अर्ब जाँदै’ शीर्षकमा प्रमुख समाचार छ । समाचारमा उल्लेख भएअनुसार सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ३ लाख बेरोजगार युवालाई न्यूनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको हो । यसैगरी कारोबारले आयोजनाले वनलाई सट्टा जग्गा दिन नपर्ने र निजी आवास पुननिर्माण ६२ प्रतिशतमात्रै लगायतका शीर्षकमासमेत मुख्य समाचार बनाएको छ् ।