Connect with us
Kapilvast Forest

विप्लवविरुद्ध थप कडा बन्दै सरकार

२०७६, ११ पुष शुक्रबारमा प्रकाशित

biplop

 

काठमाडौं, ११ पुस । केन्द्रीय सुरक्षा समिति बैठकले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपामाथि अझ कठोर नीति लिन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले चन्द समूहलाई निस्तेज पार्न अझै सशक्त कारबाही थाल्न निर्देशन दिएको हो । बैठकमा नेपाली सेनाका रथी, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उच्च सुरक्षा अधिकारी सम्मिलित थिए ।

‘चन्द समूहका नेतारकार्यकर्ता पक्राउ परेपछि उसले आफ्ना हिंसात्मक गतिविधिलाई सक्रिय बनाउन रणनीति परिवर्तन गर्न सक्छ, यसप्रति सचेत हुन आवश्यक छ,’ गृहमन्त्री थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘चन्द समूह शान्तिपूर्ण र मूलधारको राजनीतिमा रूपान्तरण हुनुको विकल्प छैन, यो विकल्पमा नआए कारबाही भोग्न तयार हुनुपर्छ ।’ कान्तिपुर दैनिकबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu