Connect with us
Kapilvast Forest

विमान दुर्घटना, १२ जनाको मृत्यु

२०७६, १२ पुष शनिबारमा प्रकाशित

नुर–सुल्तान(एजेन्सी) – कजाखस्तानमा विमान दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ शिशुुसहित ५ बालबालिका समेत छन् ।

अधिकारीहरुका अनुसार बेक एयरको विमान शुक्रबार बिहान अल्माटी विमानस्थलबाट उडेको केहीबेरमा तल खसेर नजिकै रहेको एउटा भवनमा जोतिएको थियो । दुर्घटनापछि आगो नफैलिएको कारण अधिकांश यात्रुलाई उद्धार गर्न संभव भएको हो ।

विमानमा एक सय यात्रु र चालक दलका सदस्य थिए । ६० यात्रुलाई उद्धार गरी अस्पताल लगिएको छ । ती मध्ये केही बालबालिका छन् । विमान दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu