कांग्रेसमा महाधिवेशन लम्ब्याउने निर्णय ,पौडेल र सिटौलापक्षद्वारा बहिष्कार
काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक-फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।
शुक्रबार जनता समाचार डटकम मा ‘आमालाई चीरहरण गरेर सुनको सिंहासनमा राखेको हेर्न सक्दिन्’, चिनियाँ चलचित्र महोत्सव शुरु, ‘एमालेको सबै कमिटी विघटन गरेर नेतृत्वले अपराध गर्यो’, बुढीगण्डकी मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट, प्रधानमन्त्रीको आज डायलाइसिस र हात्ती महोत्सव शुरु लगायतका समाचार प्रकाशन गरिए
राजधानी दैनिकमा बहिष्कारकाबीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप गरिएको सन्दर्भमा प्रमुख समाचार प्रकाशन गरिएको छ । समाचारमा उल्लेख भएअनुसार कांग्रेस केन्द्रीय समितिले वर्तमान केन्द्रीय समितिको म्याद एक वर्ष थपेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिष्कारका बीच शुक्रबार साँझ पार्टी कार्यालय सानेपामा बसेको बैठकले सबै तहको कार्यकाल एक वर्ष थप गर्ने निर्णय समेत गरेको छ ।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले विधानअनुसार नै कार्यकाल थपको निर्णय भएको र महाधिवेशनको कार्यतालिकासहित पार्टी १४ औं महाधिवेशनको निर्णयमा पुगेको बताउनुभएको पत्रिकाले उल्लेख गरेको छ । राजधानीले काठमाडौंमा प्लटिङवालाको धन्दा, एक रोपनी किनने १० औं रोपनी हडप्ने र इन्जिनियरलाई प्रशासनको जिम्मेवारी दिन दबाब लगायतका शीर्षकमा समेत समाचार छापिएका छन् ।
कान्तिपुर दैनिकले पोखरा र लुम्बिनी रेललाई ७ अर्ब शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचारमा लेखिए अनुसार काठमाडौं – केरुङ – रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको छ । त्यसअनुसार काठमाडौंबाट कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्याइने रेलमार्ग बनाउन करिब ७ खर्ब रुपैयाँ लाग्ने देखिएको छ ।
चीनका दुई सरकारी कम्पनीले नेपालको रेल विभागलाई गत मंसिरमा काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएका थिए । अध्ययनपछिका कार्य कसरी अघि बढाउने भन्ने विषय भने हाल छलफलकै चरणमा रहेको विभागले जनाएको पत्रिकामा उल्लेख छ । यस्तै, कान्तिपुरले कालीमाटीको जग्गा पनि सस्तैमा यतिलाई शीर्षकमा अर्को समाचारलाई पनि प्रमुख स्थान दिएको छ ।
गोरखापत्र दैनिकले ‘राजधानी बन्यो सडक मानव मुक्त’ शीर्षकको समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेको छ । राजधानीलाई बेसाहारा मानव मुक्त शहर बनाउने अभियान थालनीसँगै बालाजु बाइपासस्थित आश्रमको ‘स्क्रीन सेन्टर’ मा सडक मानवको चाप बढेको छ । सेन्टरमा बुढाबुढी, केटाकेटी तथा अशक्त मानिसहरु आ-आफ्नै धुनमा व्यस्त रहेका छन् ।
समाचारमा उल्लेख भएअनुसार बेसाहारा मानिसहरुलाई परिवारको पुनर्मिलनमा जाने, परामर्श दिनुपर्ने र सेवामा राख्नुपर्नेको सूची तयार पार्ने काम भइरहेको उल्लेख छ । राजधानीले कांग्रेस महाधिवेशन आगामी वर्षको फागुनमा हुने र इन्टरनेट नचले पैसा मिनाहा शीर्षकका समाचारलाई पनि प्रथम पृष्ठमै समेटेको छ