Connect with us
Kapilvast Forest

नक्कली ‘डिभोर्स’ ले तनावमा रामकृष्ण दम्पत्ति, स्पष्टीकरण दिँदादिँदै हैरान !

२०७६, १२ पुष शनिबारमा प्रकाशित

 

 

 

 

काठमाडौं – बुधवार गायक रामकृष्ण ढकाल र निलम शाह ढकालको सम्बन्ध विच्छेद भएको खबर एकाएक फैलियो । यो समाचारपछि रामकृष्ण ढकालले ती समाचारलाई ‘फेक’ भने ।

तर, अदालतका अनुसार यी दुईले कानूनी रुपमा डिभोर्स (पारपाचुके) गरेका छन् । पारपाचुके गरे पनि यी दुई एकसाथ बस्दै आएका छन् । दुवैलाई यतिबेला सामाजिक सञ्जाल र समाचारका कारण तनाव बेहोर्नुपरेको छ ।

गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएपछि आफूले डिभोर्स नगरेको अभिव्यक्ति दिएका छन् । साथै उनले आफ्नी पत्नी र छोरीसँगै बसिरहेको बताएका छन् ।

ढकालले डिभोर्सको खबर बाहिर आएलगत्तै सामाजिक सञ्जाल फेसबूकमा पत्नी निलमसहितको सेल्फी पोस्टर गरेर लेखेका थिए, ‘अरुले के भन्छन्, मतलब भएन तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।’

 

 

ढकालले यसो भनिरहँदा पनि कानूनी आधार बनाएर विभिन्न टिप्पणी हुन थालेपछि उनले सामाजिक सञ्जालमार्फत लेखे – पछिल्लो समय म र मेरो जीवन संगिनीको सम्बन्धलाई लिएर समाचारहरु बनेका छन्, ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन् ।

उनले समाचारलाई आधार बनाएर ‘नकारात्मक टिप्पणी नगर्न’ पनि अनुरोध गरेका थिए । तर, ढकाल र पत्नी निलमको विषयमा गसिप बन्न छोडेनन् ।

कानूनी रुपमा भने निलम शाहले रामकृष्ण ढकाललाई प्रतिवादी बनाएर ८ पुसमा सम्वन्धविच्छेदको मुद्दा दायर गरेको देखिन्छ । ०७६-CP-३१८८  दर्ता नम्बर मुद्दाको पेशी सूचीको कैफियत खण्डमा ‘फैसला/अन्तिम आदेश-मिलापत्र’ भनी जिल्ला अदालत काठमाडौंले भनेको छ ।

यता ‘डिभोर्स’ समाचारले आजित भएर ढकाल पत्नी निलमले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी छिन् । उनले पनि आफूहरुले डिभोर्स नगरेको दाबी गरेकी छिन् ।

यो पनि पढ्नुहोस्: के रामकृष्ण ढकालको डिभोर्स भएको होइन ?

उनले मिडियामा आइरहेका समाचार र भइरहेका सार्वजनिक टिप्पणीले ‘सताइएको’ बताएकी छिन् ।

निलमले भनेकी छिन् – ‘हामी एक सानो तर खुशी परिवार हो र यदि मिडिया र व्यक्तिले हाम्रो परिवारलाई निरन्तर आक्रमण गर्न रोक्नुभयो भने हामी यसको कदर गर्छौं ।’

निलमले सामाजिक सञ्जालमार्फत यो हल्ला निराधार, भावनाहीन र हास्यास्पद भएको प्रतिक्रिया दिएकी छिन् ।

अदालतले डिभोर्स गरेको भने पनि गायक ढकाल र उनकी पत्नीले भने नछुट्टिएको बताएका छन् । यता अदालतले भने डिभोर्स गरेको बताएपछि धेरैलाई यसले अचम्मित तुल्याएको छ ।by खबरहब

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu