Connect with us
Kapilvast Forest

मन्त्री भट्टराईद्वारा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

२०७६, १२ पुष शनिबारमा प्रकाशित

 

कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निरीक्षण गर्नुभएको छ । मन्त्री भट्टराईले शनिबार विमानस्थलको कार्य प्रगतिबारे जानकारी लिनुभएको हो ।

विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’का लागि आवश्यक पर्ने १ सय ४ रोपनी जग्गा अधिग्रहणको बारेमा चासो लिनुभयो। विमानस्थललाई थप सुरक्षित बनाउँदै उहाँले हुस्सु लागेर ‘भिजिविलिटी’ कम भएको समयमा समेत विमान अवतरणमा सहयोग गर्नका लागि जग्गा अधिग्रहण गरिन लागिएको तथा स्थानीयलाई मर्कामा नपर्ने गरी मुआब्जा वितरण गरिने बताउनुभयो ।

विमानस्थलको मुआब्जा वितरण तथा काममा आइपरेका समस्याका बारेमा जानकारी लिँदै उहाँले तोकिएकै मिति भित्रमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिनुभयो । मन्त्री भट्टराईलाई पोखरा विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले अहिलेसम्म ५४ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै तोकिएको मितिभन्दा छ महिनाअघि नै आयोजना सम्पन्न हुने जानकारी गराउनुभयो ।

सन् २०२१ जुलाई १० सम्म निर्माण कार्य सक्ने अन्तिम मिति रहेपनि सन् २०२० को डिसेम्बरमा सबै काम सम्पन्न गरेर परीक्षण उडान शुरु गर्ने र जुलाइबाट व्यावसायिक उडान शुरु हुने परियोजनाले जनाएको छ । रनवे तयार भएको तथा टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको बताउँदै ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भईरहेको परियोजना प्रमुख मुनाकर्मीले बताउनुभयो ।

सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीका बीचमा विमानस्थल निर्माणका लागि सम्झौता भएकोमा सन् २०१७ को जुलाई ११ बाट निर्माण कार्य शुरु भएको थियो । पोखरा विमानस्थलको कूल लागत २२ अर्ब रुपैयाँ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu