काठमाडौ – मीन भवनमा नम्बर नखुलेकाे सवारी साधनले ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ ।शनिबार राति नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक वृद्धाकाे ज्यान गएको प्रहरीले जनाएको छ ।ज्यान गुमाउने वृद्धाकाे परिचय र ठक्कर दिने सवारी साधनको नम्बर पनि नखुलेकाे प्रहरीले जानकारी दिएकाे छ ।