Connect with us
Kapilvast Forest

सिद्धबाबाको थुनछेक बहस सुरू

२०७६, १३ पुष आईतवारमा प्रकाशित

काठमाडौं, पुस १३-
लाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीमाथि जिल्ला अदालत सुनसरीमा थुनछेक बहस चलिरहेको छ।न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा उनको थुनछेक बहस भइरहेको श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले जानकारी दिए।

थुनछेक बहसपछि उनलाई थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउने वा थुनाबाहिर राखेर भन्नेबारे अदालतले निर्णय गर्नेछ।सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लगाउँदै बिहिबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

सिद्धबाबालाई शुक्रबार अस्पतालको आइसियुबाटै बयानका लागि अदालतमा उपस्थित गराइएको थियो।

बिरामी भएको भन्दै उनी विराट नर्सिङ होममा बसिरहेका थिए। उनी विरूद्ध बलात्कारको जाहेरी परेपछि मंसिर १६ गते अस्पतालको आइसियूबाटै पक्राउ परे। प्रहरीले अनुसन्धान पनि उनलाई अस्पताल राखेरै गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu