Connect with us
Kapilvast Forest

कालापानीबाट भारतीय सेना हटाउने अवसर आएको छ : प्रचण्ड

२०७६, १३ पुष आईतवारमा प्रकाशित

prachanda

पुस १३, काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भूमि एक इन्च पनि नछाड्ने बताएका छन्। आइतबार चितवनको इच्छाकामना गाउँपालिकामा सपथ ग्रहण कार्यक्रममा पुगेका अध्यक्ष प्रचण्डले भारतले नेपाली भूमि मिच्दा आफूहरु हेरेर नबस्ने बताए। ‘भारतले हालै जारी गरेको नयाँ नक्सामा हाम्रो कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको जमिन उसको नक्सामा समावेश गरेका छ’, उनले भने, ‘त्यसलाई हेरेर मात्रै बस्दैनौँ।

नेपाली भूमि फिर्ता लिन नेपाल सरकारले कुटनीतिक पहल थालेर समाधानको बाटो खोजिरहेको छ।’ सीमा विवादको बिषय उठेको बेलामा कालापानीबाट भारतीय सेना हटाउने अवसर समेत प्राप्त भएको उनले जनाए। यस्तै दाहालले सरकारले जनताको पक्षमा काम गरिरहेको पनि औल्याए। ‘केही समय पार्टी र सरकारले जनताको पक्षमा काम गर्न सकेको थिएन’, उनले भने, ‘अब सरकार र पार्टी दुवै जनताको काममा फर्केको छ।

‘ सरकार र पार्टीको कामबाट आगामी चुनावमा नेकपा एक्लैले दुईतिहाइको बहुमत ल्याउने दाबी उनले गरे। ‘हालै भएको उपनिर्वाचनमा नतिजा राम्रो आए पनि केहि ठाउँमा नसोजेको हार व्यहोरेका छौँ’, उनले भने, ‘त्यस बिषयमा पार्टीको ध्यान केन्द्रित भएको छ। त्यो समस्या समाधान हुन्छ।’ पार्टीले तत्लो तहसम्म जाने रणनीति तयार पारेको हुनाले पार्टीको गतिविधिलेसमेत तीव्रता पाउने उनले उल्लेख गरे। यस्तै, विकास निर्माणको काममा पनि सरकार सफल हुँदै गएको उनले जिकिर गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu