Connect with us
Kapilvast Forest

चन्द्रौटा महोत्सव आजदेखि, महासंघका उपाध्यक्ष ढकालले उद्घाटन गर्ने

२०७६, १४ पुष सोमबारमा प्रकाशित

  • अर्जुन बेल्बासे ,कपिलवस्तु।

छैठौं चन्द्रौटा महोत्सव आजदेखि सुरु हुदैछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्लामा रहेको उध्योग वाणिज्य संघ चन्द्रौटाले यहि पुस १४ अर्थात आज देखि २६ गते सम्म लाग्ने महोत्सवको हिजो पत्रकार सम्मेलन गरेर १२ दिन सम्म चन्द्रौटामा सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मुल आयोजक समितिका संयोजक जमसेर अलिमियाले जानकारी गराए ।

कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ आयोजित महोत्सव उद्धघाटन समाहोरमा विभिन्न झाकी प्रदर्शन,विभिन्न जातजातीका भेषभुषा तथा कला संस्कृतिको प्रस्तुति रहने जनाइएको छ । मेलामा बालउद्यान, झुला तथा कृषि जन्य उत्पादनको मेला स्थलबाट सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।महोत्सवलाइ सफल पार्न बिभिन्न समिति ,उपसमितिहरु गठन गरिएकोले महोत्सव सफल पार्न सहज हुने संयोजक मियाले वताए ।

चन्द्रौटा क्षेत्रमा पछिल्लो समयमा उद्योगहरुको सख्या बढिरहेकोले उद्योगलाई संरक्षण गर्ने जनाए । महोत्सवको आज उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले समउद्धघाटनगर्ने भएका छन।

महोत्सब एबम मा २ सय बढि स्टल रहने भएका छन् ।महोत्सवमा उद्योगका स्टलहरु समेत रहेकाले उध्योगको प्रचार प्रसारमा समेत टेवा पुग्ने आयोजकको संयोजक मियाले वताए महोत्सव बाट १ लाख दर्शक भित्राउने लक्ष्यराख्नुका साथै महोत्सवमा १ करोड बरावरको कारोबार गर्ने लक्ष्य रहेका संयोजक मियाले बताए।

मेलाबाट शिवराज नगरपालिकालाइ औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्नुका साथै नेपल सरकारले लिएको पर्यटन बर्ष २०२० लाई सफल पार्ने साथै स्थानीय पईटकिय स्थल सोनोवागढ शिवगढी जस्ता स्थानिय धार्मिक सथलको प्रचार गर्ने लुम्बिनीमा आउने पर्यटकलाई यहाँ सम्म ल्याउने वातावरण बनाउने मुख्य उदेश्यले आयोजित छैठौ औद्योगिक व्यापार मेला सफल हुने विश्वास लिएको बताए ।

शिवराज नगरपालिकालाइ औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाहरुको जर्गेना गर्ने मुख्य उद्देश्यले आयोजित महोत्सवमा स्थानीय उत्पादन र बजारलाई प्रमुख ग्राहयता दिएको आयोजकले जनाएको छ । महोत्सवमा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल सहित राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुको उपस्थितीले महोत्सवकोे रौनतकता छाउने छ ।

त्यस्तै छैठौं चन्द्रौटा महोत्सवको डन्स आइडललाई मुख्य आकर्षण रुपमा हेरिएको छ ।छैठौं चन्द्रौटा डान्स आइडलको प्रथम पुरस्कार रु ५० हजार एक सय एघार, दोस्रो पुरस्कार रु.३० एक सय एघार र सन्त्वना पुरस्कार दुई जनालाई रु १० हजार १ सय ११ रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ । महोत्सव सफल पार्न सवैले आ आफनो क्षेत्रवाट आफनो जिम्वेवारी पुरा गर्दै गए महोत्सव उदाहरणी वन्ने आयोजकको अपेक्षा छ ।त्यस्तै छैठौं चन्द्रौटा महोत्सवको डन्स आइडललाई मुख्य आकर्षण रुपमा हेरिएको छ ।छैठौं चन्द्रौटा डान्स आइडलको प्रथम पुरस्कार रु ५० हजार एक सय एघार, दोस्रो पुरस्कार रु.३० एक सय एघार र सन्त्वना पुरस्कार दुई जनालाई रु १० हजार १ सय ११ रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu