तत्काल कर्मचारीको व्यवस्थापनका गर्न गाउँपालिकाका अध्यक्ष थापाको माग
मंसिर १४ गते, कपिलवस्तु कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्री हृदेश त्रिपाठीलाई भेटेर कर्मचारीको समस्या दर्साउँदै तत्काल कर्मचारीको व्यवस्थापन गर्न अनुरोध गर्नु भएको छ । आइतवार मन्त्री त्रिपाठीको निवास काठमाडौंमै अध्यक्ष थापाले कर्मचारी समस्या समाधानका लागि पुग्नु भएको हो ।
भेटमा उहाँले गाउँपालिका भित्र कर्मचारीको अभावले भईरहेको विभिन्न समस्यालाई मध्येनजर गर्दै मन्त्री त्रिपाठीलाई भेटेर कर्मचारीको मागसहित जानकारी गराउनु भएको छ । विजयनगर गाउँपालिका कपिलवस्तुको सबै भन्दा विकट क्षेत्र भएकोले यहाँ कर्मचारीहरु आउन नमान्ने हुँदा विभिन्न कामहरु समयमै गर्न गाह्रो भएकाले तत्काल कर्मचारीको व्यवस्थापनका लागि थापाले माग गर्नु भएको हो ।