Connect with us
Kapilvast Forest

मादक पदार्थ सेवन गरी बस चलाउने चालकलाई मुद्धा चलाईयो

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

 

सागर महत-अर्घाखाँची जिल्लामा बढीरहेका सडक दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यले जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको संयुक्त चेकिङमा खटिएको प्रहरी टोलीले जिल्लाको सन्धिखर्क नगरपालीका वडा नं.१ पाणिनी चोकबाट गुल्मीको तम्घासको लागि छुटेको लु१ख ६२४१ नम्बरको यात्रुवाहक बसका चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको भन्दै चालक राज कुमार नेपाली लाइ चेकिङको क्रममा पक्राउ गरीएको छ ।

संयुक्त चेकिङ प्रहरी टोलीले चालकलाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन गरी आफ्नो तथा यात्रुहरुको ज्यानै जोखिममा पर्ने गरी सवारी चलाएकोले चालकलाई सार्वजनिक कसुर अन्तर्गत मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu