Connect with us
Kapilvast Forest

पूर्व प्रधानमन्त्री नेपाल शीतलहर प्रभावित बस्तीमा कम्बल बाँड्दै

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

 

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कयुनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल यतिखेर रौतहटको शीतलहर प्रभावित बस्तीमा हुनुहुन्छ ।

पूर्व प्रधानमन्त्री नेपालले शीतलहर प्रभावितको अवस्था बुझ्न सोमबार गृह जिल्ला रौतहट जानुभएको हो । वरिष्ठ नेता नेपालले गौर नगरपालिका र गढीमाई नगरपालिकाको विभिन्न ठाउँमा शीतलहर तथा चिसो पीडित, दलित तथा विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री नेपाल रौतहटबाट आज हेटौडा जाँदै हुनुहुन्छ । हेटौडामा उहाँले नेकपा हेटौडा उपमहानगर र मातहतकाे कमिटीका सदस्यहरुलाई शपथ गराउने कार्यक्रम छ । पूर्व प्रधानमन्त्री नेपाल शपथ कार्यक्रमपछि आजै काठमाडौं फर्किनु हुने उहाँको सचिवालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu