Connect with us
Kapilvast Forest

भ्रमण वर्ष २०२०ः नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई सम्मान

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

काठमाडौं। सन् २०२० को जनवरी १ तारिखका दिन पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरिने भएको छ। मेचीनगर नगरपालिकाले नाकामा विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गर्ने भएको हो।

नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई नेपाली ढाकाटोपी, अबिर र मालाले सम्मान गरिनेछ। प्रवेशद्वारमै कार्यक्रमको आयोजना गरी सो दिन विभिन्न जातजातिको झाँकीसहितको विशाल (याली निकालिने र उनीहरुको जातीय पहिचान, कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने नगर पर्यटन विकास समितिका संयोजक तथा नगरउपप्रमुख मीना उप्रेतीले बताए।

उनले यस नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिन होर्डिङबोर्ड राख्ने र घरबासको व्यवस्थाका बारेमा जानकारी दिने बताए। उनले सुरक्षाकर्मीसँगको समन्वयमा सुरक्षा संयन्त्रलाई मजबुत बनाएको बताए।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीले सोही दिन भद्रपुर विमानस्थल भएर आउने पहिलो हवाईयात्रुलाई सम्मान गर्ने जनाएको छ। झापाका पर्यटकीयस्थलको बारेमा जानकारी दिने र एकपटक घुम्नका लागि निम्तोसमेत दिने नेकपा जिल्ला सदस्य शिव ढुङ्गेलले बताए।

भद्रपुर नगरपालिकाले विमानस्थलमै नगरका पर्यटकीय स्थानको बारेमा जानकारी दिन दृश्य बोर्ड राख्ने जनाएको छ। नगरमै रहेको महाभारतकालीन महत्व बोकेको किच्चक बध, महेन्द्र उद्यान, विभिन्न जातजातिका धार्मिक मठमन्दिर रहेको कमलधापलगायका बारेमा बोर्डमा जानकारी दिइने नगरका प्रशासकीय अधिकृत तुलसी श्रेष्ठले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu