Connect with us
Kapilvast Forest

प्राधिकरण विभाजनका विषयमा कर्मचारी र मन्त्रीबीच भनाभन्

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

yoges

काठमाडौँ । प्राधिकारण विभाजन सम्बन्धी विधेयकलाई लिएर विभागिय मन्त्री र कर्मचारी युनियनका अधिकारीबीच भनाभन भएको छ । कर्मचारीको चेतावनी पछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल नागरिक उड्डयन विधयेक नरोकिने बताउनु भएको छ ।

उड्डन प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा मन्त्री भट्टराईले यो विधयेक अघि बढ्ने बताउनु भयो । उहाले कार्यक्रममा ट्रेड युनियनका नेताहरुको अभिव्यक्तिको पनि जवाफ दिनुभयो ।

मन्तव्य राख्ने क्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवण यादवले विधेयक अघि बढाए आन्दोलन गर्ने र हात काट्न पनि आफूहरु पछि नपर्ने अभिव्यक्ति दिनुभयो ।

यादवले दिएको अभिव्यक्ति पछि मन्त्री भट्टराईले त्यसको जवाफ दिदै ’ह्याप्पी बर्थडे भन्नुपर्ने ठाउँमा कात्रो ल्याउछौँ भन्ने?’भनेर प्रश्न समेत गर्नु भएको थियो । मन्त्री भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै गतिविधि भए त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी पनि दिनुभयो ।

मन्त्री भट्टराई भन्नुभयो, ‘छलफल गरौं, कति घन्टा बस्ने हो म तयार छु । मलाइ तर्कबाट कन्भिन्स गराउनु, तालाबन्दीबाट म कन्भिन्स हुन्न’, ‘स्थापना दिवसकै दिन केको बन्द हड्ताल ? यदि कसैले सार्वजनिक सम्पत्तिमा क्षति गर्छ भने त्यसमा संलग्नबाटै क्षतिपूर्ति तिराइनेछ ।’

उहाँले क्षतिपूर्ति भराउने नीति कार्यान्वयनमा आएको स्मरण गराउँदै विकास र सिर्जनामा लाग्न निर्देशन दिदै ‘बन्द, हड्ताल र आन्दोलन इतिहास भइसकेको र यो विकासको कुरा गर्ने समय भएको भन्दै बन्द हडतालको धम्की अब काम नलाग्ने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu