भ्रमण वर्षको अवसरमा गाउँपालिकाले दियो सार्वजनिक बिदा
काठमाडौं –
डडेल्धुराको भागेश्वर गाउँपालिकाले भ्रमण वर्ष शुभारम्भका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ।गाउँपालिकाले सूचना निकालेर नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत ‘घुम्न जाउँ भागेश्वर अभियान’को शुभारम्भ कार्यक्रमका अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिएको बताएको छ।गाउँ कार्यपालिकाको गत पुस ८ गते बसेको बैठकले सार्वजिनक बिदा दिने निर्णय गरेको हो।सो दिन वडा नम्बर ४ को टप्वामा विविध कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ।