Connect with us
Kapilvast Forest

इन्स्टाग्राममा १०० मिलियन फलोअर्स हुने कोहली पहिलो क्रिकेटर

२०७७, १८ फाल्गुन मंगलवारमा प्रकाशित

 

काठमाडौं – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली मैदानभित्र मात्र नभएर मैदान बाहिर पनि उत्तिकै चर्चित हुनुन्छ । सामाजिक सञ्जालमा पनि उहाँको उस्तै फलो गरिन्छ ।

इन्स्टाग्राममा पनि कोही हिट क्रिकेटरका रुपमा रहनु भएको छ ।इन्स्ट्राग्राममा एक सय मिलियन फलोअर्स हुने कोहली पहिलो क्रिकेट खेलाडी बनेका छन् ।

उहाँ इन्स्टाग्राममा धेरै फलो गरिने खेलाडीमा चौथो स्थानमा छन् । फुटबललर क्रिस्टियानो रोनाल्डो, लिओनल मेस्सी र नेयमार पछि विराटको फलोअर्स धेरै छ ।

यी तीन फुटबलरसंगै हलिउड एक्टर ड्वाने ‘दी रक’ जोनसन, अमेरिका सिंगर वियोन्स र एरिना ग्रान्डीसंगै विराट कोहली पनि १०० मिलियन क्लबमा पर्न सफल हुनु भएको छ ।

इनस्टाग्राम पोष्टमार्फट सर्वाधिक कमाई गर्ने १० जनाको सूचीमा कोहली एक मात्र क्रिकेटर हो । इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स क्रिस्टियानो रोनाल्डोको २६५ मिलियन रहेको छ । यस्तै लिओनल मेस्सीको १८६ मिलियन र नेयमारको १४७ मिलियन फलोअर्स छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu