Connect with us
Kapilvast Forest

मन्त्री र सांसदहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं-सरकारले आजबाट मन्त्री र सांसदहरुलाई कोरोना विरुद्धको खोप लगाउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दुबै सदनका सांसद तथा कर्मचारीहरुलाई लक्षित गरी कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको हो ।

स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले फागुन २३ गते बस्न लागेको प्रतिनिधिसभा बैठकलाई ध्यानमा राखी दुबै सदनका सांसद र कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको बताउनुभयो । खोप लगाइसकेपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले प्राथमिकतामा नपरे पनि सांसदहरुलाई बाध्यताबस खोप लगाउनु परेको प्रतिक्रिया दिनुभयो ।

उहाँले संसद बैठकमा कोरोनाको जोखिमलाई ध्यानमा राखी उहाँहरुलाई खोप लगाइएको बताउनुभयो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, जनता समाजवादीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्वमन्त्री योगेश भट्टराई, नेपाली काँंग्रेसका सांसद प्रकाशमान सिंह, डिला संग्रौला, गंगा चौधरी, राम नारायण विडारी लगायतले खोप लगाउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu