Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओली र विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्दै

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं- सरकार र प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्नु हुने भएको छ । हिजो भएको सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको वार्ता सफल भएको छ।

दुई पक्षबीच तीन बुँदे सहमति भएको छ। विस्तृत सहमति आज नै प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सार्वजनिक गर्नुहुने छ । औपचारिक वार्ता शुरु भएको दोस्रो दिनमै सरकार र विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीबीच सहमति भएको हो। तीन बुँदे सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट खड्कबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गर्नु भएको छ ।।

सरकारले विप्लव नेकपा माथि दुई वर्ष अघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। आजै थुनामा रहेका नेता कार्यकर्ता रिहा हुने छन्। प्रतिबन्धपछिको २ वर्षमा विप्लव नेकपाका २ हजार भन्दा बढी नेता कार्यकर्तालाई मुद्दा लागेको छ त्यो पनि खारेज हुने भएको छ।

जेलमा रहेको विप्लव नेताहरु हेमन्तप्रकाश ओली, धर्मेन्द्र बाँस्तोला, माईला लामालगायत १ सय ३६ जना नेता कार्यकर्ता थुनामुक्त हुँदै छन्। त्यस्तै विप्लव समूह पनि सबै राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्न र शान्तिपूर्ण राजनीति गर्न सहमत भएको छ।

सहमतिको विस्तृत विवरण शुक्रवार दुई बजे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा काठमाडौंको राष्ट्रिय सभागृहमा सार्वजनिक गरिनेछ । विस्तृत सहमितमा त्यहीँ हस्ताक्षर हुनेछ। त्यो समारोहलाई प्रधानमन्त्री ओली र नेकपाका महासचिव विप्लवले सम्बोधन गर्नुहुने छ । विप्लव नेकपाले आफ्ना कार्यकर्तालाई संम्बोधन कार्यक्रममा उपस्थित हुन निर्देशन दिएको छ।

सरकार र विप्लव नेकपाबीचको सहमति पछि मुलुकमा विद्रोही शक्ति अब शान्तिपूर्ण राजनीतिमा आउने अपेक्षा गरिएको छ। यस अघि सिके राउतलाई पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu