नेत्रविक्रम चन्द विप्लवको कसरी उदाय भयो ?
काठमाडौं – भूमिकगत जीवन विताइरहेका नेत्रविक्रम चन्द (विप्लव) सार्वजनिक हुनु भएको छ । उहाँपूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरबाट सार्वजनिक भएर प्रहरीको स्कर्टिङमा काठमाडौं ल्याइँदै छ ।
संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संवाद नथालेर गत वर्ष प्रतिबन्ध लगाएको थियो । तत्कालिन सरकारले विप्लव समूहसँग वार्ता गर्न संघीय संसदमा सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारले बनाएको समिति विप्लव समूहसँग वार्ता गर्न असफल भएको थियो।
तत्कालिन सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारका तर्फबाट वार्ताको प्रयास भए पनि उनीहरूले आफ्ना नेता कार्यकर्ता छुटेपछि धोका दिएर विध्वंसात्मक गतिविधि थालेका कारण प्रतिबन्ध लगाउनुपरेको दाबी गर्नु भएको थियो ।
‘विदेशी कुटनीतिक नियोग र तिनको सम्पत्ति, सरकारी आवासीय कार्यालय, सार्वजनिक तथा निजी पूर्वधार, संरचना, निजी शिक्षण संस्था, यातायातजस्ता सर्वसाधारणलाई सार्वजनिक सेवा प्रदान गर्ने सेवा प्रदायक उपकरण र साधनमा क्षति पुर्याउने काम गरिरहेकाले सरकारले प्रतिबन्ध लगाएको थियो ।
१० बर्से सशस्त्र जनयुद्धको बाटो छाडेर २०६३ सालमा शान्ति प्रक्रियामा आएपछि १० वर्ष नबित्दै तत्कालीन माओवादी पार्टी ६ टुक्रामा विभाजित भएको थियो। माओवादीका तत्कालीन उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाका साथै ३० प्रतिशतभन्दा बढी केन्द्रीय नेताहरूले माओवादी पार्टी फुटाएपछि नेत्रविक्रम चन्द पनि सोही पार्टीका प्रभावशाली नेताका रूपमा देखिए।
चन्दले सबैभन्दा ठुलो दुस्मन कांगेस रहेको पनि उद्घोष गर्नु भएको थियो । २०७१ पुस २३ देखि २५ गतेसम्म नवगठित पार्टीको राष्ट्रिय सम्मेलन गरी कार्यदिशा तय गर्ने नेकपा जनाएको थियो। त्यसपछि २०७३ फागुन १ गते काठमाडौंका उद्घाटन गरी ८ गते रोल्पाको थवाङमा सम्पन्न गरेको आठौं महाधिवेशनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी अर्थात् नेकपा पारित गरेको थियो। नवगठित पार्टीको महासचिव विप्लव तोकिनु भएको थियो । त्यसयता उहाँले २०७४ सालमा भएको स्थानीय तथा प्रदेश र संघीय चुनावमा बहिस्कार गर्नु भएको थियो ।
२०२४ सालमा रोल्पाको इरिबाङका जन्मिएका चन्दले हालका सभामुख कृष्णबहादुर महराले पढाउने बालकल्याण माध्यमिक विद्यालयमा प्रारम्भिक शिक्षा लिनु भएको थियो ।