Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले विप्लवलाई बधाई दिदैं ,धर्मेन्द्रलाइ जिस्काए

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं-नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ।उक्त सहमति पत्रमा दुबैतर्फका वार्ता टोली संयोजकले हस्ताक्षर गर्नु भएको छ ।

राष्ट्रिय सभा गृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै विप्लवका नेताहरूलाई जिस्काउनु भएको छ ।विप्लवपछि सम्बोधन गरेका प्रधानमन्त्रीले सुरूमै ठठ्टा गर्नु भएको छ ।

मञ्चमा आसिन व्यक्तिहरूको नाम लिने क्रममा उनले विप्लवको पार्टीका वार्ता टोलीका प्रमुख खड्गबहादुर विश्वकर्मालाई जिस्काउनु भएको थियो ।

प्रकाण्ड हो क्या रे नाम, ओलीले भन्नु भयो। उहाँले त्यसो भन्दा हलभरि हाँसो गुन्जिएको थियो।त्यसपछि उहाँले आजै जेलबाट छुटेर आएका अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई पनि जिस्काउनुभएको थियो ।भर्खरै जेलबाट छुटेर आउनु भएका धर्मेन्द्र बाँस्तोला जी। यति छोटो समय जेल बस्न पाए पो हुने। हाम्रो त १४ वर्ष, ओलीले भन्नुभयो ।

उहाँले यसो भन्दा पनि हलभरि हाँसो गुन्जियो।प्रधानमन्त्री ओलीले नयाँ साहसिक कदम चालेकोमा विप्लवलाई बधाई पनि दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu