Connect with us
Kapilvast Forest

बाँकेको नरैनापुरमा आगलागी हँदा १६ घर जलेर नष्ट

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

बाँके- बाँकेको नरैनापुर गाउँपालिका-१ सुइयाँ गाउँमा आगलागीबाट १६ घर जलेर नष्ट भएका छन्। सोमबार बिहान करिब साढे ११ बजे समयमा मनिजर पासीको फुसले छाएको कच्ची घरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ।

अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भएको थियो। प्रहरी स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आगालागीबाट मनिजर पासी, नाफे पासी, रंगै पासी, राम समुझ पासी‚ मनै साई सहज राम पासी, मृत लाल पासी सन्तोष पासी बौरा पासी मुन्के पासी र सिराज पासीको घर पूर्णरूपमा क्षति भएको छ। साथै‚ आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको र क्षतिको पूरा विवरण आउन पनि बाँकी रहेको लुम्बिनी प्रहरी प्रदेश कार्यालयले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu