राष्ट्रपतिद्वारा एसिड आक्रमणकी पीडित मुस्कान खातुन सम्मानित
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराउनु भएको छ ।
१११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा काठमाडौँमा आयोजित समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुु भयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले पर्साको वीरगञ्ज महानगरपालिका–३ निवासी एसिड प्रहार खेपेकी मुस्कान खातुनलाई सम्मान गर्नु भएको थियो ।