Connect with us
Kapilvast Forest

नेपाल समूह एमालेमै रहेर ओली प्रवृत्तिुविरूद्ध लड्ने

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

madhav nepal

 

काठमाडौं-सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि माधवकुमार नेपाल समूह नेकपा(एमाले) मै रहने मनस्थितिमा पुगेको छ।

नेपाल समूहका एकजना सांसद तथा केन्द्रीय सदस्यले सेतोपाटीसँग कुरा गर्दै आफूहरू नेकपा (एमाले) मै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको ओली प्रवृत्तिु विरूद्ध लड्ने मनस्थितिमा रहेको बताउनु भयो ।अहिले पेरिसडाँडामा भइरहेको स्थायी कमिटी बैठक विदाइ बैठक पनि हुन सक्छ,’उहाँले भन्नु भयो ।

यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गर्नु भएको थियो ।ती केन्द्रीय सदस्यका अनुसार एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको छ। केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ। त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ।

नेताहरू सर्वोच्चको आदेशविरूद्ध पुनरावलोकनमा पनि जान सक्नुहुन्छ। तर त्यसको टुंगो कहिले लाग्छ भन्ने पनि एकिन भएन। अब कि त संसदीय मोर्चा केही होइन भनेर आन्दोलनमा जानु पर्‍यो,’ उहाँले भन्नु भयो ‘उता पनि हामी पार्टी एकताका पक्षमा लागिरहन्छौं। ओली प्रवृत्तिविरूद्ध लडिरहन्छौं।’

पेरिसडाँडामा अहिले प्रचण्ड(नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ। कार्यालयबाहिर उक्त समूहका केन्द्रीय सदस्य र सांसदहरूको बाक्लो उपस्थिति छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu