Connect with us
Kapilvast Forest

जनता समाजवादी पार्टी संसदीय दलको बैठक बस्दै

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

फाइल तस्बिर

काठमाडौं -जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक मंगलबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेलगायत समग्र राजनीतिक परिस्थितिबारे छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संसदको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । गत आइतबार बोलाइएको पुनःस्थापित संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न अनुमति दिइएको विरोधमा नेपाली कांग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए ।

विरोधका बाबजुद सभामुख सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई संवैधानिक अध्यादेशसम्बन्धी विधेयक पेश गर्न अनुमति दिएपछि कांग्रेस र जसपाका सांसदले नाराबाजी गर्दै रोष्टम घेरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu