Connect with us
Kapilvast Forest

रघुजी पन्त विरुद्ध कोमल ओलीद्वारा गाली बेइज्जतीको मुद्दा दर्ता

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी पन्त विरुद्ध मुद्दा दायर गर्नुभएको छ । मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर उहाँले गाली बेइज्जतीको मुद्दा दर्ता गर्नुभएको हो ।

पन्तले आफूविरुद्ध अभिव्यक्त गरेको विचारले मानसम्मानमा चोट पुगेकाले मुद्दा दर्ता गरेको ओलीले बताउनुभयो । ‘म आफैँले न्यायको लागि बोल्न सकिन भने, मैले कसरी जनताको न्यायको बारेमा बोलौंला,’ उहाँले भन्नुभयो, ‘यो मेरा लागि बाध्यात्मक विषय पनि हो ।’

ओलीविरुद्ध रघुजी पन्तले पिडौंला देखाएर राष्ट्रिय सभा सांसद र पार्टीको केन्द्रीय सदस्य बनेको आरोप लगाउनुभएको थियो । सार्वजनिक सञ्चारमाध्यममा वलीको पक्षमा जनतमा बढ्दै गएर आफ्नो आलोचना हुन थालेपछि पन्तले सार्वजनिक रुपमै माफी समेत माग्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu