Connect with us
Kapilvast Forest

२५ वर्षपछि सुकुम्बासीको हातमा लालपुर्जा

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

प्यार अलि खाँन-
बाङगेसाल फोर्साबाङका सुकुम्बासीहरूले लालपुर्जा पाउन थालेका छन्।
प्यूठानको सरुमारानी गाउँपालिका वडा नं १ स्थित फोर्साबाङ बस्तीका ५९ सुकुम्बासी परिवार मध्ये सुक्रबार सम्म १८ जनाले जग्गाको स्थायी लालपुर्जा पाएका हुन्।
‘बल्ल हामी जग्गा धनी भयौँ।’ स्थानीय युवा जब्बर मियाँले भने, ‘अब धितो जमानत राखेर केही काम गर्ने बाटो खुल्यो।’ ऋण अभावमा केही गर्ने सोँच हुँदाहुँदै पनि पछि परेको उनले सुनाए। वर्षौ देखि बसेको ठाउँको लालपुर्जा पाउँदा खुसीको सिमा नरहेको मियाँ बताउँछन्।
विसं २०५२ सालमा सुकुम्बासी आयोगले जिल्लामा १ सय १४ सुकुम्बासी परिवारलाई प्रति परिवार ५ रोपनी जग्गा वितरण गरेको थियो।
फोर्साबाङका ५९ र बरजिबाङका ५५ सुकुम्बासी परिवारले अस्थायी लालपुर्जा पाएका थिए।
‘अध्यावधिक गर्ने काम भैरहेको छ।’ मालपोत कार्यालय जस्पुर प्यूठानका प्रमुख हरि बहादुर वलिले भने, ‘लालपुर्जा पाएकाहरुले हक हस्तान्तरण, धितो जमानत, जग्गा प्रशासन सम्बन्धि सबै काम गर्ने बाटो खुलेको छ।’
यस अघिकै सुकुम्बासी आयोगले बनाएको मापदण्ड पुरा गरेका सुकुम्बासी परिवारलाई पुर्जा वितरण गरिएको वलि बताउँछन्।
वर्षौं देखि भोगचलन गर्दै आएको उनिहरुको जग्गाको श्रेस्ता मालपोत तथा नापीमा कायम नहुँदा उनिहरुको भुमिमाथिको स्वामित्व कायम हुन सकेको थिएन।
दरभान ऐरावती सडकमा पर्ने समथर जग्गा भएरपनि धितो जमानत तथा वित्तीय कारोवारबाट बञ्चित रहेका सुकुम्बासीहरु भने लालपुर्जा हातमा परेपछि उनिहरुमा खुशीयाली छाएको छ।

पुर्जाविहिन मात्र सुकुम्बासी
अध्यक्ष : जि.सी
भुमिहिन तथा पुर्जाविहिनलाई मात्र सुकुम्बासीको मापदण्डमा सूचिकृत गरिने भुमि सम्वन्धि समस्या समाधान आयोग जिल्ला समिति प्यूठानका अध्यक्ष मोहन जिसीले बताएका छन्।
‘भुमिहिन दलित समुदाय पहिरो प्राथमिकतामा पर्नेछन्।’ अध्यक्ष जिसीले भने, ‘पुर्जाविहिन सुकुम्बासी, अव्यवस्थित बसोबास, बाढीपहिरो जोखिम बसोबासलाई व्यवस्थित गर्ने काम हाम्रो हुनेछ।’
स्थानीय सरकारसंग सम्झौता गरि कामको थालनी गरिने उनले सुनाए।
सम्झौता नगरेका प्यूठानका ६ वटा स्थानीय सरकारलाई सम्झौताका लागि आह्वान गरिएको समिति अध्यक्ष मोहन जिसीले बताए। यसअघि सरुमारानी, स्वर्गद्वारी झिम्रुक गाउँपालिकाले केन्द्र समक्ष सम्झौता गरिसकेको जिसी बताउँछन्।
सम्वन्धित स्थानीय सरकार र भुमि सम्वन्धि समस्या समाधान आयोग जिल्ला समितिबिच सम्झौता भएमा मात्र सुकुम्बासी समस्या समाधान सम्वन्धि काम गर्ने बाटो खुल्ने उनले सुनाए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu