बागमती प्रदेश मुख्यमन्त्री कार्यालयका लेखापालद्वारा विष सेवन
हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखापाल देवीप्रसाद गौतमले विष सेवन गर्नु भएको छ । प्रहरीका अनुसारविष सेवन पश्चात उहाँलाई खेतमा छटपटाइरहेको अवस्थामा भेटेको जनाएको छ ।
सोमबार साँझ प्रहरीले हेटौंडा(११ स्थित खेतमा विष सेवनपछि छटपटाइरहेको अवस्थामा गौतमलाई फेला पारेको थियो । हेटौंडा–२ कांग्रेस चोक बस्ने ५१ वर्षीय गौतमले विष सेवन गर्नुको कारण भने खुलेको छैन ।
प्रहरीले गौतमको ज्यान जोगाउने पहिलो ध्यान भएको भन्दै थप अनुसन्धानपछि गर्ने बताएको छ । गौतमको ज्यान जोगिएपछि थप कारणहरु खुल्ने प्रहरीले जनाएको छ ।
प्रहरीले उद्धारपछि हेटौंडा अस्पताल लगेकोमा गौतमको हेटौंडामा उपचार सम्भव नभएपछि चितवनको भरतपुर अस्पतालको आइसियूमा उपचार भइरहेका र अहिले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताउनु भयो ।