नेकपा कार्यालयमा एमालेको बोर्ड
कपिलवस्तु- सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि देश भरी पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन्।
सर्वोच्च अदालतकोनर्णय पश्च्यात कपिलवस्तुको शिवराजमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) शिवराज नगर कमिटीको कार्यालयमा एमाले लेखिएको बोर्ड राखेको छ । एमाले शिवराजका नेता प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, जगत पौडेल, महादेव पोख्रेल, दिपक पौडेल, विष्णु हमाल, मदन सापकोटा, दिपक खडका, गोपाल बन्जाडे, कलम गिरीको नेतृत्वमा पार्टी कार्यालयमा बोर्ड लगाइएको छ ।
आइतबार सर्वाेच्च अदालतले नेकपा एकीकरण बदर गरी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि त्यसका ‘साइड इफेक्ट’ देखिन थालेको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमाले कार्यकर्ताहरूले शिवराज ५ चन्द्रौटा सन्जीवनी अस्पाताल आगाडी बुधवार विहान नेपाल कम्युनिस्ट पार्टी एमाले लेखिएको बोर्ड राखेको हो ।
अब पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएपछि कार्यालय पुनः सञ्चालनमा आएउने छ । यता एमालेले आफ्नो पार्टी कार्यालय सञ्चालनमा ल्याएपछि माओवादी केन्द्रले भने नया पार्टी कार्यालय अर्कै ठाउमा खोल्नेछ ।
सर्वोच्च अदालतले एमाले ब्युँताएपछि ओली समूहका नेता तथा कार्यकर्ताले शिवराज पार्टी कार्यालयमा एमालेको बोर्ड राखेका हुन ।