Connect with us
Kapilvast Forest

५० जना नयाँ उद्यमीलाई सघाउने महासंघको घोषणा

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं-निजी क्षेत्रको व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) ले ५० जना नयाँ उद्यमीलाई शुरू पूँजीसहित उद्यम गर्न सघाउने भएको छ।

महासंघको कार्यकारिणी समितिको १०० दिन पुगेको अवसरमा मंगलबार (२५ फागुनमा) काठमाडौंमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले योजना तय गरिसकेकाले अबको १० दिनभित्रै सार्वजनिक कार्यक्रम गरेर नयाँ उद्यमीलाई सहयोगको जानकारी दिने बताउनु भयो ।

गोल्छाले १०० दिनमा सम्मानित निजी क्षेत्र, आर्थिक रूपान्तरण मार्गचित्र परिषद् निर्माण, महासंघ अन्तर्गतका समिति र फोरमलाई क्रियाशील बनाउने, विधान संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको लगायत काम गरेको बताए। उनले प्रदेश संरचना प्रभावकारी सञ्चालन गर्ने, तीनवटै परिषद्‌लाई सक्रिय बनाएको, १० प्राथमिकताका क्षेत्रमा १०० वटा काम गर्ने गरी आवश्यक पहल भइरहेको पनि जानकारी दिनु भयो ।

उहाँका अनुसार, महासंघले सचिवालय एवं पूर्वाधार सुधार, आफ्नै भवन बनाउने, सातवटै प्रदेशमा च्याप्टर स्थापना गर्ने, पूर्वअध्यक्षलाई सक्रिय जिम्मेवारी दिने काम पनि गरेको छ। महासंघले एक महीनाभित्रै विभिन्न क्षेत्रका व्यक्तिलाई समेटेर विज्ञ समूह बनाउने पनि बताउनु भयो।

महासंघले भिजन पेपरु सार्वजनिक गरेको छ। जसमा सन् २०३० मा १०० अर्ब डलरको अर्थतन्त्र बनाउनेसहितको दीर्घकालीन योजना समावेश गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu