Connect with us
Kapilvast Forest

नहरमा डुबेर महिलाको मृत्यु

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

file death

 

बिर्तामोड- झापाको शिवसताक्षी नगरपालिका– ११ को कनकाई नहरमा डुबेर एक महिलाको ज्यान गएको छ । बुधबार विहान (आज) नहरमा डुबेर मृत्यु भएको अवस्थामा एकजना महिलाको शव फेला परेको हो ।

वडा नम्बर ८ र ११ को सिमानामा पर्ने कनकाई नहर अन्तर्गत सतासी खोलाको साईफनमा शव अड्किएको अवस्थामा फेला परेकोे हो । शवको पहिचान हुन सकेको छैन । प्रहरीले नहरबाट शव बाहिर निकाल्नका लागि पानी सतासी खोला तर्फ लगाएको छ ।

नहरबाट शव बाहिर निकालेपछि शवको पहिचान हुन सक्ने स्थानीयले बताएका छन् । घटना स्थल देखी उत्तर सो नहरले शिवसताक्षी नगरपालिका वडा नम्बर ९, १० र ११ लाई छुन्छ । स्थानीयका अनुसार वाहिरबाट आएर नहरमा हामफालेर आत्महत्या गरेको हुन सक्ने अनुमान छ । प्रहरीले कानुनी घटनाका विषयमा थप अनुसन्धान थालेको हुने इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu