Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

 

काठमाडौं-संसद पुनर्थापना पछि आज प्रतिनिधि सभाको दोस्रो बैठक बस्दैछ।दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली १५ मिनेट अगाडि नै संसद भवन पुगे पनि केही बेरमै बाहिरिएका छन्।

उहाँ पौने एक बजे संसद भवन पुगेका थिए। १५ मिनेटपछि उनी संसद भवनबाट बाहिरिनु भयो । बाहिर निस्कने क्रममा ओलीले केही बेर एमालेका नेता सुभास नेम्वाङसँग कुराकानी गरेका थिए। उहाँले पत्रकारहरुलाई भने कुनै प्रतिक्रिया दिन चाहनु भएन।

संसद बैठक बस्न ढिलो हुने थाहा पाएपछि प्रधानमन्त्री बाहिरिनु भएको नेता सुबास नेम्बाङले जानकारी दिनु भयो । ‘बैठक चल्न ढिला हुने देखेर उहाँ बाहिरिनु भएको हो’, नेम्बाङले भन्नु भयो ।

यसअघि आइतबारको बैठक नेपाली कांग्रेस र जनता समाजवादीको अवरोधा कारण बैठक बस्न सकेको थिएन्। उक्त बैठकलाई प्रचण्ड नेपाल समूहले पनि बहिस्कार गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu