Connect with us
Kapilvast Forest

पार्टीमा माधव र झलनाथलाई सम्मानजनक व्यवहार हुन्छः सुवास नेम्वाङ

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं– नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ नेता माधाव कुमार नेपाल र झलनाथ खनाललाई सम्मानजनक व्यवहार गर्ने बताउनु भयो ।

बुधबार संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेम्वाङले सर्वोच्च अदालतको व्याख्यालाई स्वीकार गर्दै एमालेमा फर्किएका नेताहरुलाई सम्मानजनक व्यवहार गर्ने बताउनु भयो ।

‘हामी कानूनी राज्यको अवधारणालाई मान्छौं । सर्वोच्च अदालतले गरेको व्इाख्यालाई शिरोपर गर्दै संविधान बमोजिम त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढ्छौं । उहाँहरु (माधव नेपाल र झलनाथ खनाल)लाई सम्मानजनक ढंगले व्यवहार हुन्छ’, उहाँले भन्नु भयो ।

नेता नेम्वाङले सरकार अल्पमतको परेको भन्नु गलत भएको टिप्पणी गर्नु भयो । उहाँले माओवादी केन्द्रलेसमेत सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा सरकार अल्पमतमा पर्यो भन्न नमिल्ने बताउनु भयो ।

‘दुई तिहाईको पार्टीलाई सर्वोच्चले विभाजन गरिदियो । संसदमा रहेका राजनीतिक दलहरुले आफ्ने स्थिति प्रष्ट गरिसकेका छैनन् । कसैले पनि सरकारलाई दिएको समर्थनबारे बोलिसकेका छैनन् । स्वयं प्रचण्ड कमरेड नेतृत्वको नेकपा माओवादी केन्द्रले पनि यसबारेमा बोलेको छैन,’ उहाँले भन्नु भयो ।

त्यस्तै जनता समाजवादी पार्टीसँग सत्ता समिकरणका लागि छलफल जारी रहेको उहाँको भनाई छ । नेता नेम्वाङले जसपाका मागप्रति सरकार सकारात्मक रहेको बताउनु भयो ।

‘जसपासँग निरन्तर छलफल भइरहेको छ । रेशम चौधरीलाई रिहा, मधेश आन्दोलनका मुद्धा फिर्ता हुनुपर्ने माग राख्नुभएको छ । उहाँहरुको माग पूरा गर्न सरकार तयार छ’, उहाँले भननु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu