Connect with us
Kapilvast Forest

नवनियुक्त डेपुटी गभर्नरहरूद्वारा पदबहाली

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं – नवनियुक्त डेपुटी गभर्नरहरू डा। नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले पद तथा गोपनियताको सपथग्रहण गर्नु भएको छ । उहाँहरूले पदबहाली समेत गर्नु भयो ।

गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, बालुवाटारमा आयोजित एक समारोहमा उहाँहरुलाई सपथग्रहण गराउनु भएको हो ।मंगलबार मन्त्रिपरिषदको निर्णय अनुसार उनीहरू डेपुटी गभर्नर पदमा नियुक्त हुनु भएको हो ।

सपथग्रहण समारोहमा नवनियुक्त डेपुटी गभर्नरहरूलाई बधाई ज्ञापन गर्दैै गभर्नर अधिकारीले दुवै सक्षम कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरमा नियुक्त भएको बताउनु भयो ।

डेपुटी गभर्नर पद बढी जिम्मेवार रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले तरल राजनीतिक अवस्थामा पनि समयमै नियुक्ति भएकोमा खुसी व्यक्त गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu