Connect with us
Kapilvast Forest

जनता समाजवादी पार्टीले आज संसदीय दलको नेता चयन गर्दै

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं – जनता समाजवादी पार्टी जसपाले आज संसदीय दलको नेता चयन गर्ने भएको छ।तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि बनेको जसपाले आज बस्ने संसदीय दलको बैठकबाट दलको नेता चुन्ने भएको हो।

बैठक दिउँसो एक बजे पार्टी कार्यालय ग्वार्कोमा बोलाइएको छ। सरकार गठनका लागि निर्णायक शक्ति बनेको जसपाले हिजो सत्तारुढ एमालेका नेताहरुसँग उच्चस्तरीय छलफल गरी सत्ता समीकरणका लागि आफ्ना शर्तहरु राखेको थियो।

मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइलगायतका विषयमा सरकार सकारात्मक भएपछि आज यसबारे थप छलफल गर्न लागिएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो ।

आजै बस्ने संसदीय दलको बैठकले सरकारसँग वार्ताका लागि गठित कार्यदलमा थप एकजना सदस्य नियुक्त गर्ने कर्णले बताउनु भयो । जसपाले सत्ता समीकरणबारे छलफल गर्न कर्णकै नेतृत्वमा दुई सदस्यीय कार्यदल यसअघि नै बनाइसकेको छ। कार्यदलमा सर्वेन्द्रनाथ शुक्ल सदस्य रहनु भएको छ ।

कार्यदलले दिउँसो ४ बजे नेकपा एमालेका तर्फबाट गठित अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सरकारी कार्यदलसँग छलफल गर्नेछ। पौडेलको नेतृत्वमा गठित कार्यदलमा नेता सुवास नेम्बाङ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu