Connect with us
Kapilvast Forest

बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, १० घाइते

२०७७, २९ फाल्गुन शनिबारमा प्रकाशित

accident

 

मकवानपुर-मनहरी गाउँपालिका-६ सुनाचुरीमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ८९ नम्बरको ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बस चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ का ३५ वर्षीय मदन कुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५ वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनीलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार बस चालक थापा र सुनीलकुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएकाको हेटौंडामा उपचार भइरहेको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu