Connect with us
Kapilvast Forest

महाराजगंजमा प्रथम वडा स्तरिय क्रिकेट प्रतियोगीता सुरु

२०७७, २९ फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ८ कजरहवामा प्रथम वडा स्तरिय क्रिकेट प्रतियोगीता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ क्रिकेट प्रतियोगीता सुरु भएको हो ।

वडा स्तरीय क्रिकेट प्रतियोगिता नेपाली काँग्रेस कपिलवस्तुका सभापती तथा पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख अतिथ्यिता, महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम, उप प्रमुख शुभावती कुर्मीको विशिष्ट अतिथ्यिता र वडा नं ८ का वडा अध्यक्ष योगेन्द्र कुमार केसीको अध्यक्षतामा क्रिकेट प्रतियोगीताको सुरुवात गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले खेलको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

वडा नं ८ का ६ वडा समुहले उक्त क्रिक्रेट प्रतियोगीतामा सहभागीता जनाएको वडा नं ८ का अध्यक्ष योगेन्द्र कुमार केसीले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj