Connect with us
Kapilvast Forest

नेपालीले एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

money

काठमाडौं-विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो।

राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९/२० मा सरदरमा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेका छन्। यसको अर्थ सरदरमा नेपालीले एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गरेर करिब नौ रुपैयाँ मात्र बचत गर्छन् भन्ने हो। ‘कमाइको ९१.१ प्रतिशत उपभोग खर्च भएको अध्ययनमा देखिएको छ,’ विभागका निर्देशक गणेशप्रसाद आचार्यले भने, ‘८.९ प्रतिशत मात्र बचत भएको देखिन्छ।’

विभागले आधार वर्ष २०१०/११ लाई मानेर गरेको अध्ययनमा यस्तो भेटिएको हो। नयाँ आधार वर्ष अनुसार सन् २०१८/१९ मा ८४.३ प्रतिशत उपभोग खर्च रहेकोमा २०१९/२० मा उपभोग खर्च ६.८ प्रतिशत बढेर ९१.१ प्रतिशत पुगेको हो। यसले अघिल्लो वर्षभन्दा गत वर्ष बचत घटेको पुष्टि गर्छ।आजकोनागरिक दैनिकमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu