Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक बस्दै

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

peris-dada-nekapa.jpg

काठमाठौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बिहान ११ बजे पेरिसडाडाँमा बैठक बस्न लागेको हो। बैठकमा गृहमन्त्री थापासहित एमालेमा लागेका २३ नेतालाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलछल हुने जनाइएको छ ।

केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी समिति बैठकले सरकारमा रहेका सात मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

माओवादीबाट अहिले गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापासहित २३ नेतालाई शुक्रबार केन्द्रीय सदस्य मनोनित गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu