Connect with us
Kapilvast Forest

पाल्पाको रामपुरमा रहेको ताल सुकाएर “तालपोखरा’काे निर्माण गरिँदै

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

पाल्पा – पाल्पाको रामपुरमा रहेको तालपोखराको ताल सुकाएर अहिले निर्माणको काम भइरहेको छ ।रामपुर नगरपालिका-६ मा रहेको तालपोखरा पर्यटन विभागबाट प्राप्त ५० लाख रुपैयाँ र जनसहभागिताबाट गरी करिब ५८ लाख रुपैयाँ लागतमा निर्माणको काम भइरहेको तालपोखरा संरक्षण समितिले जनाएको छ ।

सरकारले पर्यटकीय गन्तव्य सूचीमा राखेको पर्यटकीय गन्तव्य तथा धार्मिकस्थलका रूपमा विकास हुँदै आएको तालपोखरामा ३०० मिटर भित्ता ढलान र दुईवटा बगैँचामा पर्खाल निर्माण भइरहेको समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

वर्षैँपिच्छे निर्माण भइरहेको तालपोखरा क्षेत्रको विकासका निम्ति अझै पनि कार्यालय भवन निर्माण, बालउद्यान निर्माणलगायतका काम बाँकी रहेको समितिले जनाएको छ । कोभिड-१९ का कारण प्रभावित बनेको पर्यटक आगमन अहिले निर्माणको कामले गर्दा पनि ठप्प भएको छ ।

तालपोखरामा डुङ्गा सयर गर्न, घुम्न, फोटो खिचाउन, तालमा माछा हेर्न तथा जलेश्वर महादेवको पूजा आराधना गर्न शनिवार तथा बिदाका दिनमा ५०० को हाराहारीमा पर्यटक आउने गरे पनि अहिले प्रभावित बनेको छ ।

यो चरणको निर्माण आउँदाे असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ । तालपोखराको विकासका लागि अहिलेसम्म करिब तीन करोड रुपैयाँ बढी खर्च भइसकेको छ । पहिले-पहिले गाईवस्तु चराउने खाली जग्गा केही खाल्डो परेको जमिन थियो । हिउँदमा गाईवस्तु चराउने चरन र वर्षात्को समयमा अन्य क्षेत्रबाट बगेको पानी जम्मा भएर ताल बन्ने स्थानलाई तालपोखराका रूपमा विकास गरिएको हो ।

एक दशकअघिसम्म वर्षातकाे पानीले भरिने खाडल अर्थात् ताललाई स्थानीय सरोकारवाला, बुद्धिजीवी नागरिकले यस क्षेत्रमा ताल र मन्दिर तथा बालउद्यानलगायत पर्यटकलाई आकर्षण गर्ने खालका भौतिक संरचना निर्माण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अवधारणा बनाएपछि तालपोखरा निर्माण थालिएको हो ।

२०६६ साल पुस ११ गतेदेखि श्रीमद्भागवत कथा प्रवचन आयोजना गरी महायज्ञबाट एक करोड ७२ लाख रुपैयाँ बराबरको नगद, धान, तुलादान, जग्गादानलगायतका दान सङ्कलन गरिएको थियो । त्यसयता विभिन्न व्यक्ति, सङ्घसंस्था तथा स्थानीय सरकार रामपुर नगरपालिका, पर्यटन बोर्ड, पर्यटन विभागबाट सहयोग सङ्कलन गरी तालको बीचमा जलेश्वर महादेवको मन्दिर, चारैतिर ताल, शिव भगवान्को मूर्ति निर्माण, उद्यान निर्माणलगायत वनभोजस्थल निर्माण र ताल वरपर तारबारसमेत गरिएको छ ।

झण्डै ३०० वर्ष पुरानो इतिहास रहेको तालपोखरा क्षेत्रको ४४ रोपनी क्षेत्रफलमा ताल रहेको छ । पानीले भरिएको तालको बीचमा प्यागोडा शैलीमा जलेश्वर महादेवको मन्दिर छ । झण्डै ६५ रोपनी क्षेत्रफलमा रहेको यस क्षेत्रमा तालमा डुङ्गाबाट मन्दिरमा जाने-आउने व्यवस्था व्यवस्था छ । तालपोखरा क्षेत्रमा चारैतिर बत्ती, शिवालय उद्यान छ ।

सरकारले १०० पर्यटकीय गन्तव्य केन्द्रको सूचीमा राखेको तालपोखराको गएको वर्ष तालभित्रको माटो निकालेर गहिरो बनाउने, पर्खाल लगाउने तथा तालको पूर्वपश्चिम भागमा उद्यान बनाउने, टायल भर्नेलगायतका पुनःनिर्माणको काम गरिएको थियो । कालीगण्डकी करिडोर निर्माणको काम तीव्र भएकाले पनि करिडोरबाट नजिकै रहेको रामपुरको तालपोखरामा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा राखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu