Connect with us
Kapilvast Forest

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

२०७७, ४ चैत्र बुधबारमा प्रकाशित

pakrau-

कञ्चनपुर – कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस(१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ ९लामा० लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनु भयो ।

उनका अनुसार विसं २०३६ फागुन ८ गते वारदात गरी फरार भएका तामाङलाई तत्कालीन सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट विसं २०४६ चैत २ गतेको फैसलाले १० वर्ष कैद सजाय तोकिएको थियो ।

तामाङले उधारोमा एक हजार ५०० मा भैँसी किनेर पैसा नतिरेको विषयमा विवाद भई कुटपिट हुँदा ज्वाइँ नाता पर्ने नाम्जा तामाङको मृत्यु भएको थियो ।

वारदातपछि उनी फरार भएका थिए । पक्राउ गरेका तामाङलाई आवश्यक कारवाहीका लागि कञ्चनपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

तामाङले यसअघि विसं २०२१ मा भारतीय सेनामा मन्सुर तामाङको नाममा भर्ना भई विसं २०२८ मा बिरामी अवकास भई पेन्सनसमेत लिने गरेको खुल्न आएकाले सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu