Connect with us
Kapilvast Forest

एमाले खनाल–नेपाल समूहको कार्यकर्ता भेला आजदेखि शुरू हुँदै

२०७७, ४ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं – नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरू हुँदैछ।ललितपुरको सानेपामा रहेको एक पार्टी प्यालेस विहान ११ बजेदेखि भेला शुरू हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भयो भोलिसम्म चल्ने भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहने बताइएको छ।

भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणा पत्रमाथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ।

राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मत रुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने प्रचार विभाग प्रमुख भट्टराईले बताउनु भयो ।

सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले ब्यूँतिएपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी बैठक राखेर माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरूको पद खोसेपछि एमाले विभाजित भएको छ।

ओली र नेपाल–खनालपक्षबीच संवादको थालनी गरिएपनि निरन्तरता पाउन नसक्दा एमालेभित्रको विवाद फुटतर्फ अघि बढेको छ।

यसैबीच ओली पक्षले भने खनाल–नेपालले बोलाएको भेलामा नजान नेता कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टीका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै अनाधिकृत र गुटगत भेला नगर्न नगराउन र त्यसमा सहभागी नहुन निर्देशन दिनु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu